• On Radio Malarani 95.7 MHz

  • Malarani FM Technician Room

  • My picture On radio

  • My style On Radio

  • Me on Chasma

  • Radio ID card me

Corona update

अबदेखि “प्याड” नि: शुल्क पाइने


बिजय के सी  अर्घाखाँची    
महिनावारीका सुरु हुने बेला भएपछि कयौं किशोरीहरु विद्यालय जान डराउँछन् । कुन बेला पिरियड सुरु हुन्छ भन्ने भयले उनीहरु महिनावारीको समयमा विद्यालय जान चाहादैनन् । हाम्रा कतिपय विद्यालयमा वरीपरि स्यानिटरी प्याड किन्न सक्ने ठाउँ हुँदैन् । अझ धरै किशोरीहरुको अवस्था स्यानिटरी प्याड किनेर प्रयोग गर्न सक्ने हुँदैन् ।
अब भने यि किशोरीहरुको यो समस्या सम्बोधन हुने भएको छ । यहि कार्तिक १ गतेबाट नेपाल सरकारले देशैभरका सामुदायिक विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । छात्राहरूका लागि आवश्यक पर्ने प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसारको हुनेछ ।
आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन उचित तरिकाले भए–नभएकोलगायत विषयमा सूक्ष्म रूपमा अनुगमन गरी परिपालना गराउने मुख्य जिम्मा स्थानीय तहको हुनेछ ।
स्यानिटरी प्याड वितरणका लागि आवश्यक कार्यविधि बनाउने, नीतिगत मार्गदर्शन गर्ने र केन्द्रिय तहमा नीति कार्यान्वयनको नेतृत्व शिक्षा मन्त्रालयले गर्नेछ । प्रत्येक जिल्लाभित्रका स्थानीय तहसाग समन्वय गर्ने तथा स्यानिटरी प्याड प्रयोग गर्ने छात्राहरूको तथ्यांक शिक्षा विकास तथा समन्वय एकाइले संकलन गर्नेछ ।
स्यानिटरी प्याड आवश्यक पर्ने छात्राहरूको लगत राख्ने, प्रयोग भएका प्याडको उचित व्यवस्थापन गर्ने र सोको प्रतिवेदन सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइमा गर्ने जिम्मा भने विद्यालयको हुनेछ ।
Share:

जन्म दिनको अवसरमा शैक्षिक सामग्री वितरण

बिजय के सी, अर्घाखाँची 
 स्नातक तह सम्मको अध्ययन गरेका सञ्चारकर्मी अभिनव चौहानले आफ्नो जन्म दिन मालारानी ५ बाँगीमा रहेको श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर मनाएका छन।
असल नैतिकवान र सक्षम बन्नको लागि शिक्षित हुन अति आवश्यक छ।सोही कुरालाई मध्यनजर गर्दै आज चौहानले जन्म दिनको अवसरमा फजुल खर्च नगरेर विद्यार्थीहरुलाई पढ्नको लागि हौसला प्रदान होस् भन्दै एक औपचारिक कार्यक्रमका बीच शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम विमल चौहानको अध्यक्ष्यता ,सोही विद्यालयका प्र.अ. हरि बहादुर चौहानको प्रमुख आतिथ्यता, शिक्षिका भगवता भट्टराई पन्थीको विशिष्ट आतिथ्यता एवम् शिक्षकहरु मित्र बहादुर चौहान,बिन्दु भण्डारी पन्थी , रचना जि.सी. चौहान र बिना चौहानको आतिथ्यता रहेको कार्यक्रममा मन्तव्य राख्दै प्र.अ . चौहानले जन्म दिनको अवसरमा शुभकामना दिदै यस्तो खालको उदाहरणीय कार्यको सबैले सिको गर्नु पर्ने कुरामा जोड दिएका छन् ।कार्यक्रम भरत चौहानको स्वागत मन्तव्य र विष्णु चौहानको सञ्चालनमा सम्पन्न भएको हो।
Share:

गजल ‘कस्तो संसार’


देखेँ संसार चिने मान्छे झुठो बोली टारीरहने ।
दोषीले नै सधै जित्ने निदोर्षीले हारीरहने ।।


कुन जन्मको रिस थियो एउटा सँग अर्को भिड्ने
मान्छेले नै मान्छेलाई धोका दिई मारीरहने ।।



किन मान्छे यति स्वार्थी भयो संसारमा
बेसाहारा दुखीलाई अप्ठ्यारोमा पारीरहने ।।

बाहिर हेर्दा एउटै मान्छे भित्र सयौँ रुपको रैछ
दीन दुःखी गरीबहरुको आँशु सधै झारीरहने ।।
Share:

पाँच किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई थप अनुसन्धानका लागि काठमाण्डौ पठाइयो

संखुवासभा - भोटखोला गाउँपालिका-२, को घट्टेखोलाबाट पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित पक्राउ परेका तोप्चेन भोटेलाई थप अनुसन्धानका लागि काठमाण्डौ पठाइएको छ । 
बिहीबार तुम्लिङटार विमानस्थलबाट यती एयरलाइन्समा राखेर भोटेलाई काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले बताउनुभयो । 
प्रहरीले पक्राउ गरेपछि २४ घण्टासम्म मात्रै हिरासतमा राखेर प्रारम्भिक छानबिन गर्ने र त्यसपछि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनु पर्ने भएकाले राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उहाँले बताउनुभयो । 
पक्राउ परेका भोटे सुन ओसारपसार गर्ने भरिया मात्रै भएकाले यसको मुख्य योजनाकार र लगानीकर्ता अझै पक्राउ पर्न बाँकी रहेको प्रहरीको दाबी छ । संखुवासभाको किमाथांका नाका खुला रहेकाले संगठित अपराध गर्नेहरुको नयाँ रुट बन्न थालेको डीएसपी लामाको भनाइ छ । 
जिल्लामा यति ठूलो परिणाममा सुन भेटिएको यो पहिलो घटना हो । भारतको जोगबनीदेखि खाँदबारी हुँदै किमाथांका नाकाबाट चीन निस्कने छोटो बाटोले गर्दा पनि अवैध कारोबार गर्नेहरुले यही रुट प्रयोग गर्ने गरेको प्रहरीको अनुमान छ । पक्राउ परेका भोटेका साथीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको लामाले बताउनुभयो । 
पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटे मकालु गाउँपालिका ४ स्थायी घर भइ खाँदबारी १ मा बस्दै आएका थिए । 
गएको सोमबार विशेष सुराकीको आधारमा चीनबाट किमाथांका नाका हुँदै रिदाकबाट खाँदबारीतर्फ आउँदै गर्दा भोटखोलाको घट्टेखोला भन्ने ठाउँमा सुन र रकमसहित भोटे पक्राउ परेका थिए ।
Share:

महरा प्रकरण : पीडित भनिएकी महिलाले आफूलाई केही नभएको भन्दै प्रहरीमा दिइन् निवेदन

कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले आफू डिप्रेसनको बिरामी भएको र आफूलाई कसैले कुनै दुर्व्यवहार नगरेको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । 
बानेश्वर प्रहरी वृत्तमा दिइएको निवेदनमा कोही कसैले आफूलाई कुनै प्रकारको दुर्व्यवहार नगरेको र बाहिर आएको खबरहरुबारे पनि आफूलाई कुनै जानकारी नरहेको उल्लेख छ । 
पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनेर प्रहरीमा लिखित निवेदन नै दर्ता गराएकाले अब यो घटनाको छानबिन प्रक्रिया रोकिने भएको छ । छानबिनका लागि आफूहरुलाई केही आधार चाहिने भए पनि पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनिसकेकाले छानबिनको काम अघि बढ्न नसक्ने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । 
गएको सोमबार राती आफ्नो कोठामा आएका महराले आफूलाई दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको आरोप ती महिलाले लगाएकी थिइन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाएसँगै चौतर्फी विरोधकाबीच महरा मंगलबार सभामुख पदबाट राजीनामा दिन बाध्य हुनुभएको थियो ।  तर पीडित भनिएकी महिलाले २४ घण्टा पनि नबित्दै आफ्नो बयान फेरेपछि प्रहरीले छानबिन प्रक्रिया अघि बढाउन लागेको घटनाको छानबिन पनि रोकिने देखिएको छ । 
Share:

मालारानीका मृतक विवश कुँवरको परिवार लाई सयोग हस्तान्तरण

मालारानीका मृतक विवश कुँवरको परिवार लाई सयोग हस्तान्तरण गरिएको छ ।
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड न. -५ , बाँगी भण्डार गैरा निवासी स्व. बुवा इन्द्र बहादुर कुँवर , आमा सरिता कुँवरका एकल छोरा मृतक विवश कुँवरको परिवार लाई मालारानी गाउँपालिका वार्ड न.-५ का अध्यक्ष शोभाखर भुसालले बुधबार बिहान दस हजार नगद मृतक विवश कि बहिनी करिश्मा लाई हस्तान्तरण गर्नु भएको थियो । पत्रकार हरि कुँवर , समाजसेवी तेज ब. कुँवर , गीता पन्थी , सीता कुँवर लगाएत को उपस्थिति रहेको थियो ।
विवश कुँवर को ज्वरोका कारण असोज ८ गते बेलुका भारतको फरिदावादमा मृत्यु भएको थियो । विवशका दुई दिदि एक बहिनी छन । गाउँनै शोकमा डुबेका बेला पीडित परिवार लाई मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले एक क्युन्टल चामल , पाँच किलो तेल , पाँच किलो दाल , दुई किलो नुन सयोग गर्ने बताउनु भएको थियो । दुखेको घाउमा मलम पट्टी बाधेर सयोग गरेकोमा विवशको आमा सरिता कुँवरले धन्यवाद प्रकट गर्नु भएको थियो ।
आर्थिक अवस्था कम्जोर भएका कारण परिवार मा कुनैपनी समस्या आइपर्दा मालारानी गाउँपालिका अनी वार्डको सयोग रहने वार्ड अध्यक्ष शोभाखर भुसालले बताउनु भयो ।
Share:

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts