Corona update

भगवतीमा छत्रदेब गाउँपालिका-७ वडाअध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्वारा आगजनी

भगवती, अर्घाखाँची भदौ १७  ।  अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडानम्वर ७ भगवतीका वडाअध्यक्ष शोभाखर पाण्डेले चढ्दै आएको लु १ ब १६८८ नम्बरको मोटरसाईकलमा गएराती अज्ञात समूहले आगजनी गरेको छ । 
पाण्डेको घरभन्दा माथी बाटोमा पार्किङ् गरी राखीएको सरकारी नम्बर प्लेटको मोटरसाईकलमा आगजनि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । 


आगजनी गर्नेको खोजि कार्य भैरहेको बिष्टले बताए । बिहान करीब साढे ४ देखी पौने ५ बजेको समयमा मोटरसाईकलमा आगजनि भएको हुनसक्ने अनुमान गरेको अध्यक्ष पाण्डेले टेलिफोन मार्फत जानकारी दिए ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts