Corona update

भ्रमको खेती नगर्न मालारानी गाउँपालिकाको आग्रह

बिजय के सी 
अर्घाखाँची
            मालारानी गाउँपालकाले भ्रमको खेती गरि सस्तो लोकप्रियता कमाउन भन्दा पनि सत्य तथ्य बुझन आग्रह गरेको छ । मालारानी गाउँपालिकाका शिक्षा अधिकृत रमेश पन्थीले सत्यको गहिराईमा नपुगी आफनो मनका लागेको कुरालाई सञ्चार माध्यममा नराख्न आग्रह गरे ‘मालारानी गाउँपालिकाको शिक्षा संग सम्बन्धीत कलम चलाउँदा के भएको हो भनेर हामी संग बुझनेकी जे मनमा लाग्यो त्यही लेख्ने । जसरी कानुन हातमा लियो भनिएको छ । हामिले शिक्षा सम्बन्धी ऐन कानुन ,कार्यबिधी पारित गरेर काम सुरुवात गरेका छौ । शिक्षक नियुक्तिमा ३ महिना पुगेपछि पुर्न अनुमति लिन शिक्षा समन्वयमा जानुपर्नेभन्ने कानुनी व्यबस्था कहाँ छ ? मलाई बैनी भर्ना गर्यो भनको समेत लेखेको देखे , त्यसमा प्रस्ट पार्नु पर्दैन ,मेरो बहिनी कोही पनि नेपाल सरकारको तलब भत्ता खाने गरि सरकारी सेबामा छैन्न । यसरी सत्य भन्दा बाहिर रहेर उपकथा नलेख्न आग्रह गर्दछु । ’ मालारानी गाउँपालिकाले प्राथामिक तहको बिद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न गरि सकेको पन्थीले जानकारी दिनु भयो । ‘हामिले संघियताको मर्म अनुरुप प्राप्त अधिकारहरुलाई प्रयोग गरेर कार्य प्रारम्भ गरेका छौ । बिद्यार्थी संख्या भन्दा शिक्षक संख्या बढि भएका बिद्यालयहरुमा बिद्यार्थीको सख्याँको आधारमा शिक्षक पठाने काम त राम्रो हो जस्तो लाग्दछ । जस्बाट हामिले शिक्षाको गुणस्तर सुधार गर्न सहयोग पुगेको छ । ’ मालारानी गाउँपालिकाले गर्ने सबै कार्यहरु मितव्यी रुपमा गरिएको र पत्रकारीता क्षेत्रको खिल्ली उठाउने गरि भ्रम फैलाउने र पत्रकारीता जगतलाई धमिलाउने काम भएको पन्थीले बताए । ‘समाजिक सञ्जालमा आएको उक्त बिषयमा कुनै सत्यता छैन । आर्थिक बर्ष २०७४÷०७५ मा समेत डकुमेन्ट्री निर्माणमा कर्मचारी मिलेर पैसा खाए भनिएको उक्त शिर्षकमा कुनै बजेट बिनियोजननै भएको छैन । फर्निचर र कम्पूयुटर जनप्रतिनिधी आउनु भन्दा पहिला कार्यालय व्यबस्थापन भनेर स्थानीय तहको संरचना निर्माणको बेलामा ६० लाख रुपैया आएको थियो । तर अहिले सम्म पनि ९ वटा वडा , पालिका , पालिकाको शाखाँहरुको लागी पनि त्यती रकम खर्च भएको छैन । यो पनि मितव्यी भएको होला । ’पालिका अध्यक्षले गाडि सञ्चालन गरेको भन्ने कुरा पालिका अध्यक्ष निर्बाचित हुनु भन्दा पहिलेनै गाडि भएको अबस्था , जुन छुट् भिन्न भएको अबस्थामा परिबारको अन्य सदस्यले कारोबार गर्न नपाउने पनि हुन्न होला ? अध्यक्षले हाम्रो परिबाबरको गाडि नराख भनेर भन्दा पनि प्रतिस्पार्धामा सस्तोमा दिए पछि राख्नु पर्दछ भन्ने कार्यालयको भनाई अनुसारनै गाडि भाडामा लिएर चलाएको अबस्थाहो । ’ उखु कतिमा किनियो भन्ने बिषयमा पनि घाम जस्तै र्छलङ्ग छ । खरिद गर्ने किसान र बितरण गरिएका किसानहरुको नाम सहित फोन नम्बर उपलब्ध छ ? सबै जनालाई सोधेर स्पष्ट हुन सक्नुहुन्छ । ’
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts