Corona update

भोकै मरे बचेरा ती

भोकै मरे बचेरा ती चारा जलेपछि
आगो पिई बाँचे कति धारा जलेपछि
निलोनिलो आकाश पनि भइदिन्छ कालो
टिलपिले यौटा सानो तारा जलेपछि
बालुवा नै टुक्रिदिन्छ सिसाको त्यो महल
निमुखाका मुठ्ठीभरि नारा जलेपछि
पक्कै कहीं हुन सक्छ केही उथलपुथल
सोच्नुहोस् है ! पानी-पानी रारा जलेपछि
कहाँ फुल्ला परिचय हामी नेपालीको
ढिक्काढिक्का माटो जति सारा जलेपछि
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts