Corona update

पुडासैनी घटनाको १३ मिनेटको भिडियो परिवारकै सदस्यले दिएका हुन् : किशोर श्रेष्ठ

पाल्पा– प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पुडासैनी घटनाको भिडियो परिवारकै आफन्तले दिएको बताउनु भएको छ । 

परिवारकै सदस्यले भिडियो दिएको, भिडियो १३ मिनेटकै भएको भन्ने कुरा आफूले पटक पटक भन्दै आएको र त्योभन्दा दायाँ-बायाँ भए आफू कारबाही भोग्न तयार रहेको श्रेष्ठले बताउनुभयो । 
पत्रकार महासंघ, पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै उहाँले प्रहरीले प्रमाण लुकाउने शंकामा परिवारले प्रहरीबाटै घटनाको भिडियो लिएको र त्यो आफूलाई दिएको बताउनुभयो । ‘पहिले अरु कुनै अनलाइनलाई दिएको थियो, तर बाहिर आएनछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि बल्ल मेरोमा आएको हो ।’ 
आफू संलग्न ‘जनआस्था’ पत्रिकामा समाचार छापिएपछि ‘नेपाल आज’ अनलाइन पत्रिकाले भिडियो मागेपछि आफूले त्यो भिडियो दिएको श्रेष्ठको भनाइ छ । भिडियो आएपछि मात्रै त्यहाँ नाम आएकाहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै उहाँले आफू खोजी पत्रकारितामा रुचि राख्ने भएकाले सत्य तथ्य बाहिर ल्याउन पनि आफूले त्यसो गरेको बताउनु भयो । 
रवि लामिछानेसँग आफ्नो कुनै दुश्मनी नभएको तर उनीमाथि चार ओटा उजुरी परेपछि आफू प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष भएको र काउन्सिलले छानबिन गरेपछि प्रतिशोधको भावनाले आफ्नो रातो पासको बारेमा अनावश्यक टिप्पणी गरेको बताउनु भयो । 
कार्यवाहक अध्यक्ष श्रेष्ठले फेसबुककै कारणले ७० प्रतिशत अपराधका घटना बढेको बताउनुभयो । फेसबुककै कारण थुप्रैको घर बिग्रिएको, थुप्रैले आत्महत्या गरेको भन्दै श्रेष्ठले फेसबुकबाट हुने अपराधको घटना पनि डरलाग्दो रुपमा अघि बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
सामाजिक सञ्जाल र पत्रकार एउटै हो भन्ने राज्यलाई लागेको भन्दै अध्यक्ष श्रेष्ठले त्यो कुरा सच्याउन आफूहरु क्रियाशील भएर लागेको बताउनुभयो । 
अख्तियारले खोजबिन र अनुसन्धान गरेकै भरमा सामाजिक सञ्जालमा भ्रष्टाचारी समातियो भनेर समाचार आउने क्रमले केही सरकारी कर्मचारीले अनाहकमा आत्महत्या गरेको घटना पनि घटेको श्रेष्ठले बताउनुभयो । 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts