Corona update

‘छ माया छपक्कै’ पहिलो गीत संगै प्रदर्शन मिती सार्वजनिक

दिपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुनको जुनेली’ बोलको गीतमा चर्चित गायिका मीना निरौला र बसन्त थापाको स्वर रहेको छ । गीतमा राजेन्द्र थापाको शब्द रहेको छ भने संगीत बसन्त थापाले गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा फिल्ममा अधिकांश कलाकार लाई फिचर गरिएको छ 

फिल्ममा समावेश पहिलो गीत सार्वजनिक भए संगै फिल्मको प्रदर्शन मिती समेत तय गरिएको छ । फिल्म असोज २४ गते देखी प्रदर्शनमा आउने भएको छ । यसअघी दशैँमा प्रदर्शनमा आउने चर्चा रहेको छ माया छपक्कै बलिउड फिल्म ‘वार’का कारण दशैँ पछी सरेको हो ।

 आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सल्लाहकार निर्देशकको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।

रोहित अधिकारीको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे र जितु नेपाल रहेका छन् । फिल्मका सह-निर्मातामा ताराचन्द्र बजगाई निशान, सुमन गिरी भान्जा, केशव न्यौपाने, दिपेन्द्र खनिया, सुरज बम ठकुरी, रबिन डाँगी लगायत रहेका छन् ।
निर्देशक लामाकै कथा रहेको फिल्ममा पटकथा दीपकराज गिरीको रहेको छ भने दीपकराज गिरीसंगै केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको संवाद, रोशन श्रेष्ठको द्वन्द, हरी हुमागाईको डिओपी, कविराज गहतराजको कोरियोग्राफी, बिपिन मल्लको सम्पादन रहेको छ ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts