Corona update

किशाेरीकाे नक्कली फेसबुक आइडी बनाएर जथाभावी लेख्ने युवकविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक युवाविरुद्ध आत्महत्या दुरुत्साहनकाे मुद्दा दर्ता गरेको छ ।चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा त्यसै ठाउँका युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।आत्महत्या गर्नुअघि ‘मेरो फेक आइडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ भनेर लेखिएको सुसाइड नोट फेला परेको थियो । फेक आइडी प्रयोग गरेर आफूलाई बदनाम गराउनेमाथि कारबाही गर्न माग गरेको सुसाइड नोट र परिवारको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । मृतकका परिवारले फेक आइडी खोलेर बदनाम गराएर आत्महत्या दुरुसाहन गरेको उजुरी गरेपछि ‘ह्यान्डराइटिङ’ परीक्षण गराउँदा गोमाकै रहेको पुष्टि भएपछि मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको श्रेष्ठले बताउनुभयाे । सुसाइड नोट प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।
युुवराजले गोमाको फोटो राखेर ‘सबैको बुढी म’ भन्ने नाम राख्दै बनाएको फेसबुक आइडी चलाएको स्वीकार गरेको प्रहरीको भनाइ छ । ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो । 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts