Corona update

पाँच वर्षभित्रमा देशले काँचुली फेर्छ: सञ्चारमन्त्री बाँस्कोटा

अर्घाखाँची - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको बताउनुभएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगिताको शनिबार उदघाटन गर्दै मन्त्री बाँस्कोटाले जनताको विश्वासलाइ वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिले पनि नगर्ने बताउनु भयो । 
देशमा राजनीतिक क्रान्तिको अध्याय तथा समृद्धिको जग बसाल्ने काम सकिएको बताउँदै उहाँले पाँच वर्षभित्रमा देशले काँचुली फेर्ने बताउनु भयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडी बढेको बताउनु भयो । 
सरकारले विकास गरेन भनेर भन्ने दुस्प्चार भैरहेका बताउँदै सरकारले गरेका कामलाइ राम्रोसँग नियाल्न पनि आग्रह गर्नु भयो । रोपेको धान पाक्न त तीनदेखि चार महिना लाग्ने बताउँदै सरकारले गरेका काम झ्याप्पै नदेखिने बताउनुभयाे ।  
आम नागरिकलाई सचेत बनाउने काम पत्रकारहरुबाट हुन नसकेको गुनासाे गर्दै मन पत्रकार आचारसंहिताभित्र रहेर कलम चलाउन पनि पत्रकारहरुलाइ आग्रह गर्नुभयो । सञ्चार मन्त्रीको गाडीले कपिलवस्तुमा मयुर हानेको भन्नेजस्ता गलत प्रचार नगर्न पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts