Corona update

सुर्खेतको जंगलमा छाडिएका गाई नेपालगञ्ज फर्काइँदै

 सुर्खेतको कटुवा जंगलमा छोडिएका गाईलाई नेपालगञ्ज फिर्ता लैजान थालिएको छ ।
अहिलेसम्म १ सय भन्दा धेरै गाईलाई नेपालगञ्ज पठाइसकिएको प्रहरीले जनाएको छ । दैलेख लैजान भनी नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको जंगलमा छाड्दा भिरबाट लडेर २५ वटा गाई मरेपछि बाँकी गाईलाई नेपालगञ्ज नै फिर्ता पठाउन थालिएको प्रहरीले जनाएको हो ।
जम्मा १ सय ५० वटा गाई भेटिएको र घाइते केही गाईको उपचार पनि भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटुवा जंगलमा शुक्रबार मृत भेटिएका १६ र शुक्रबार भेरीगंगा नगरपालिकामा भेटिएका ९ वटा गरी मर्ने गाईको सख्या २५ पुगेको हो ।
एउटै ट्रकमा ३८ वटासम्म गाई कोचेर लगिएको र गाई मर्न थालेपछि बीचबीचमा झारेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यसबारेमा ५ जना ट्रक चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts