• On Radio Malarani 95.7 MHz

  • Malarani FM Technician Room

  • My picture On radio

  • My style On Radio

  • Me on Chasma

  • Radio ID card me

Corona update

बाँगीका लाेकप्रिय वडा अध्यक्ष भुसालको पहलमा पीडित परिवार लाई आर्थिक सयोग

बाँगीका लाेकप्रिय वडा अध्यक्ष शाेभाखर भुसाल को पहलमा पीडित थापा परिवार लाई गाउँपालिका बाट आर्थिक सयोग प्रधान गरिएको छ ।
बिजय के सी मालारानी 
     अर्घाखाँची     अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न.५ साविक बाँगी ७ कुजेरी निवासी क्यान्सर पिडित राकेश थापा लाई आर्थिक समस्या परेको छ ।पीडा माथी पीडा भएको छ । उनी माथि अर्को पिडा आईलागेको छ । थापाका एकल छोरा १४ बर्षीय राजन थापा आगोले जलेका छन । वडा को पहलमा गाउँपालिका बाट पच्चीस हजार प्रधान गरिएको थियो । हरि कुँवर ,गिता पन्थी , सुर्य कुँवर लगाएत को उपस्तिथि मा उक्त रकम काठमाडौं पढाइएको हो । आर्थिक अवस्था कमजोर भएका राकेश थापा को क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाउनु परेको थियो । थापा को श्रीमती ,तीन छोरी , एक छोरा छन । घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको उनको परिवारको भनाई छ । राकेश थापाका छोरा राजन थापा को दुवै खुट्टा र हात जलेको ले अपरेसन गरी सर्जरी गर्नु पर्ने डाक्टर ले बताउछन् । राजन को उपचार को लागी अनुमानित २०-२२ लाख खर्च आउने हुदा आर्थिक अभाव भएको हो । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइ रहेको छ । वडा अध्यक्ष शोभाखर भुसाल ले आफ्नो वडामा घटेका घटना आफ्नै घरको समस्या सहर भएको ले हतास नहुन समेत आग्रह गर्दै सयोग गर्ने प्रतिबद्धता समेत जाएर गर्नु
Share:

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव यो वर्ष नहुने भएको छ ।


बिजय के सी मालारानी
    अर्घाखाँची   
अर्घाखाँची उधोग वाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्स समुहको विवादका कारण यस वर्ष आगामी पुष २७ गतेबाट गर्ने भनिएको अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव नहुने भएको हो । यस्तै दुई समुहबिच अर्को वर्ष २०७७ सालमा चेम्बर अफ कमर्सले महो्त्सवको आयोजना गर्ने  गरी पालैपालो मेला गर्ने सहमति भएको छ ।    

सन्धिखर्क नगरपालिकामा आईताबार भएको छलफलमा  सहमति नजुटेपछि अन्ततस् कसैले पनि यो वर्ष अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव नगर्ने भएका हुन् । 
अर्घाखाँची उधोग वाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्स समुह विच लामो समयदेखि आफुले गर्न पाउनुपर्छ भन्दै होडबाजी, विवाद चल्दै आएको थियो । यस अघि अर्घाखाँची उधोग वाणिज्य संघद्वारा कसैलाई पनि अर्घाखाँची महो्त्सव आयोजना नगर्न चेतावनी दिइदै आएको थियो । 

Share:

अब प्रेमी-प्रेमिकाको च्याटमा पनि सरकारले ब्ल्याकमेल गर्नेछ !

 बिजय के सी मालारानी  
          अर्घाखाँची   
नेपाल विशेष सेवा विधेयक २०७६ सरकारले राष्ट्रियसभामा पेश गरेको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक पेश गरेका हुन्। विधेयक पेश गर्दै खतिवडाले समामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक व्यवस्था गरेको बताए।
राष्ट्रियसभा सदस्य प्रकाश पन्तले उक्त विधेयकको विरोध सूचना बहुमतले अस्वीकृत गरेपछि अर्थमन्त्री खतिवडाले विधेयक प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद पन्तले उक्त विधेयक 'ज्यानमारा' खालको भएको बताए। उनले भने ‘अहिलेको कम्युनिष्ट सरकारले विरोधीलाई ठाउँको ठाउँ समाप्त पार्ने रणनीतिका साथ यो विधेयक अघि बढाइयो।’ फरक दललाई मात्रै नभएर फरक विचार राख्ने एउटै दलका नेतालाई पनि उक्त विधेयक खतरा भएको उनको भनाइ थियो।
‘विधेयक यति खतरा छ कि अब श्रीमान-श्रीमतीबीच भएको सबै कुरा सरकारले हेर्नेछ, सुन्नेछ र ट्यापिङ गर्नेछ’ पन्तले भने ‘बिहे गर्ने उमेर भएका भाइबहिनीहरुले प्रेम गर्नुभएको छ भने तपाइँहरुको सबै खबर अब सरकारले हेर्नेछ, सुन्नेछ र जोसुकै माथि पनि ब्ल्याकमेल हुनेछ।’
प्रकाश पन्तले बैठकमा के भने ?
हाउसमा तीन प्रकारको विधेयक आउँदो रहेछ। अंकुशे राखेर, नियत राखेर र ज्यानमारा खालको। जस्तै नागरिकलाई मार्ने खालको विधेयक आउँदैछ भन्ने स्पस्ट भएको छ। नेपाल विशेष सेवा २०७६ विधेयक ज्यानमारा खालको हो। यो विधेयकले नागरिक स्वतन्त्रताको हकलाई कुण्ठित गर्छ। नागरिकको हरेक सूचना चुहावट हुन्छ। गोपनियताको हक पनि भंग हुनेछ र समग्र नागरिकको स्वतन्त्रलाई यसले समाप्त पार्छ। अहिलेको कम्युनिष्ट सरकारले विरोधीलाई ठाउँको ठाउँ समाप्त पार्ने रणनीतिका साथ यो विधेयक अघि बढाइयो।
यो विधेयक प्रधानमन्त्री मातहत राख्नुले पनि राजनीति पूर्वाग्रह साध्न राखिएको प्रष्टै देखिएको छ। फरक दललाई मात्रै होईन फरक विचार राख्ने सत्तारुढ दलका नेतालाई पनि यो विधेयक खतरा छ। र, यो लोकतन्त्रविरुद्धको जासुसी पनि हो। विधेयकमार्फत सरकारले प्रतिजासुसी ‘काउन्टर इन्टिलिजेन्स’ संयन्त्र निर्माण गर्न लागेको छ।
संयन्त्रलाई रक्षात्मक, प्रतिरक्षात्मक र प्रतिकात्मक अधिकार दिन विधेयकमार्फत प्रस्ताव गरिएको छ। यस्तो संयन्त्रले टेलिफोन, कम्प्युटर र इन्टरनेटबाट जनताको अधिकारलाई हस्तक्षेप गर्दछ। विधेयकले जनताको नीजि जीवनमा सिधै हस्तक्षेप हुने देखिन्छ। अब मोबाइल, र सामाजिक सञ्जालमा कुरा गर्न डराउनुपर्ने दिन आइसक्यो। श्रीमान-श्रीमतीबीच भएको सबै कुरा अब सरकारले हेर्नेछ, सुन्नेछ र ट्यापिङ गर्नेछ। विदेशमा भएका लाखौं नेपाली अब घरपरिवारसँग खुलेर कुरा गर्न पाउने छैनन्।
बिहे गर्ने उमेर भएका भाइबहिनीहरुले प्रेम गर्नुभएको छ भने तपाइँहरुको सबै खबर अब सरकारले हेर्नेछ, सुन्नेछ र जोसुकै माथि पनि ब्ल्याकमेल हुनेछ। पत्रकारहरुले समाचार लेख्दा मिडिया, सम्पादकभन्दा पहिले सरकारसँग पुग्नेछ र अघोषित सेन्सरसीप पनि लागू गर्नेछ। के अहिले यो विधेयक ल्याउन आवश्यक थियो? विधेयक सरकारलाई चाहिएको हो कि सरकारलाई चाहिएको हो ?
अहिले राष्ट्रिय अनुसन्धान विभागले काम गरिरहेको छ त। किन चाहियो विशेष सेवा विधेयक? विधेयकमा राखिएका प्रावधानहरु आपत्तिजनक छन्। यसअघि कलडिटेल अदालतको अनुमति लिनुपर्थ्यो तर यो विधेयक पारित भएपछि कसैको अनुमति लिनु पर्दैन । यसले सबैलाई ठाउँको ठाउँ सक्नेछ अब। ठोक्न लगाउने प्रधानमन्त्री, संसदमा आएर गृहमन्त्रीले जवाफ दिनुपर्ने दिन अब धेरै टाढा छैन ।
Share:

केक काट्ने पैसा घाईतेलाई सहयोग


केक काट्ने पैसा घाईतेलाई सहयोग
     बिजय के सी
     अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ५ घर भई हाल काठमाण्डौमा रहनु  भएका बिमल चौहानले आफनो जन्म दिन घाईते बालक संग मनाउनु भएको छ । आफनो जन्म दिनमा केक काटने पैसा आगोले जलेर घाईते भएका मालारानी ५ निबासी १४ बर्षका बालक राजन थापालाई उपचारमा सहयोग होस भनेर एक हजार पाँच सय प्रन्ध रुपैया सहयोग गर्नु भएको छ  । यसरीनै सबैले सक्दो सहयोग गर्न  चौहाने अपिल समेत गर्नु भएको छ । लामो समय देखी कीर्तिपुर अस्पतालको बेडबाट उनले उपचारको लागी अपिल गरेका छन । बच्चाको स्वास्थ्य अबस्था सुधार हुदै गएको छ । घरको आर्थिक अबस्था कमजोर भएको र आर्थिक आय आर्जन गर्ने माध्यम नहुदाँ उपचारमा समस्या भएको बताईएको छ । मालारानी गाउँपालिका वडा नं ५ मा रहेका बिभिन्न क्लब तथा सहयोगी मनहरुले रकम संकलनको अभियानलाई तिब्रता दिएका छन । सोही अबसरमा उदयीमान जनजागृत क्लब मालारानी ५ ले बिभिन्न सहयोगी मनहरुबाट संकलित रहम ५ हजार १ सय ३० रुपैया क्लबका अध्यक्ष बिष्णुबहादुर चौहानले हस्तान्तरण गर्नु भएको छ । यसरी सहयोग गर्नेहरु मा बिमल चौहान ,रिता रायमाझी ,पुष्कर खड्का र प्रकाश कुमार चौहानले सहयोग गर्नु भएको थियो ।
Share:

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्धारित् समयमै सम्पन्न हुने फाउन्डेसनका अध्यक्ष कटेलको भनाइ ।।


 बिजय के सी मालारानी 
     अर्घाखाँची  

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही महिनामा सम्पन्न हुने जनाएको छ ।

बिहीबार अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले एकीकृत नमुना बस्तीजस्तै निर्धारित् समयमै रंगशाला सम्पन्न हुने बताउनुभयो ।
उहाँले रंगशालामा ७७ ओटै जिल्लाका लागि एकरएकओटा कक्ष निर्माण भइरहेकोसमेत जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति आउने र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको समेत बताउनुभयो ।

Share:

मालारानी गाउँपालिकामा नव आगन्तुक कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न

 बिजय के सी मालारानी  
     अर्घाखाँची 

मालारानी गाउँपालिकाका कर्मचारीहरुको नियमित बैठक तथा नव आगन्तुक कर्मचारीहरुको परिचयात्मक कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्य र गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री लाई  बिशेष आन्मन्त्रण गरिएको थियो । उक्त बैठकमा बोल्दै मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले कर्मचारीहरुले ३ मिनेट, ३० मिनेट, ३ घण्टा, ३ दिन र ३ महिना सम्ममा सेवाग्राहीलाई सेवा दिइसक्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले तोकिएको समयमा काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । 
कार्यक्रममा वडाका समस्याहरु, आर्थिक प्रशासन सम्बन्धी समस्या, योजना सम्बन्धी समस्या, कृषि जिन्सी प्रशासन, शिक्षा स्वास्थ्य रोजगार सम्बन्धी समस्या का बारेमा सम्बन्धीत शाखा प्रमुखहरुले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर घर्तिले आ आफ्नो तह र तप्कामा रहने कर्मचारीहरुलाई चुस्त दुस्त र कानुनको अधिनमा रही कार्य गर्न निर्देशन दिनुभएको छ । उहाँले सम्पूर्ण शाखा गत समस्याहरुलाई छलफल गरी समाधान गरिने समेत बताउनुभएको छ ।
कार्यक्रममा मालारानी गाउँपालिका योजना अधिकृत नेत्र प्रसाद खनाल, शिक्षा अधिकृत रमेश पन्थी, कृषि अधिकृत ठाकुर प्रसाद खनाल, लेखा अधिकृत खुविराम पन्थी, स्वास्थ्य शाखा प्रमुख भविश्वर खनाल, पशु शाखा प्रमुख लक्ष्मण वि.क., सम्पूर्ण ९ ओटै वडाका वडा सचिवहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर घर्तीको अध्यक्षता र शिक्षा अधिकृत रमेश पन्थीको सञ्चालमा सम्पन्न भएको छ ।

Share:

यसरी नियालियाे अर्घाखाँचीबाट सूर्य ग्रहणलाई

   बिजय के सी मालारानी 
        अर्घाखाँची 
बिहीबार बिहान ८ः४२ मा सुरु भएको ग्रहण बिहान ११ः३१ मा सकियाे।
पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भएकाे थियाे । यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।
खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएको थियो ।नेपालका विभिन्न भागबाट पनि मानिसहरुले विभिन्न यन्त्रका माध्यमबाट सुरक्षित तवरले सूर्य ग्रहण अवलाेकन गरेका थिए ।
Share:

बिहीबारको खण्डग्रास सूर्यग्रहणबारे जान्नैपर्ने केही कुरा

बिजय के सी  मालारानी
अर्घाखाँची   
बिहीबार पौष महिनाको औँशीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिनेछ । नेपालमा बिहान ८ः४२ बजेदेखि ग्रहण सुरु हुनेछ । ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ र ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय मध्यान्ह ११ः३१ बजे मात्र हुनेछ । 
सूर्यग्रहण २ घण्टा ४९ मिनेट लाग्नेछ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ । ग्रहणको सूतक आज राति ८ः४२ बजेदेखि नै सुरु हुने भएकाले बुधबार बेलुका ८ः४२ देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ । 
बिहीबारको सूर्यग्रहण विक्रम संवत् अनुसार पनि २०७६ सालको अन्तिम ग्रहण हो । योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । 
खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देख्न सकिन्छ । 
ग्रहणलाई खुला आँखाले भने हेर्नु हुँदैन । दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिन्छ । ग्रहण दुई प्रकारको हुन्छ । १. खण्डग्रास  २. खग्रास 
सूर्य वा चन्द्रमाको पूरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पूरै भाग छायाँमा पर्नुलाई ग्रस्तोदित या खग्रास ग्रहण भनिन्छ । 
खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ । बिहीबार हाम्रो देशमा लाग्ने ग्रहण पनि खण्डग्रास सूर्यग्रहण हो । चन्द्रग्रहण सधैँ पूर्णिमा तिथिमा मात्र लाग्दछ भने सूर्यग्रहण सधैँ औँशी तिथिमा मात्र लाग्दछ । 
ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । जस्तै: कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, दाँत माझ्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु, रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । 
गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने बताइन्छ । वैज्ञानिक अनुसन्धानअनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा कीटाणुहरुको सङ्ख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ ।
ग्रहणको समय अगाडि नै पाकेका सामग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ भन्ने पूर्वीय ग्रन्थहरुको मान्यता छ । पूर्वीय धर्मग्रन्थहरु मत्स्य पुराण, नारद पुराण, भागवत, वेद आदिमा ग्रहणको निकै चर्चा गरिएको पाइन्छ । 
यसरी हाम्रो ज्योतिषीय मान्यता र आधुनिक वैज्ञानिक मान्यतामा भाषागत फरक भए पनि निचोड भने एकै किसिमको आएको देखिन्छ । यो समयमा कुनै पनि विशेष काम नगर्नु भन्ने नै दुवै सिद्धान्तको निचोड हो । दुवै विषयका ज्ञाताहरुको लागि ग्रहण विशेष अनुसन्धानको समय पनि हो । 
बिहीबारको सूर्यग्रहणको फल :    
मेष: मान नाश । वृष: कष्ट । मिथुन: स्त्रीपीडा । कर्कट: सौख्यम् । सिंह: चिन्ता । कन्या: व्यथा । तुला: श्री प्राप्ति । वृश्चिक: क्षति । धनु: घात । मकर: व्यय । कुम्भ: लाभ । मीन: सुख ।
Share:

अर्घाखाँचीमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्या

बिजय के सी  मालारानी,
   अर्घाखाँची  
जिल्लामा पछिल्लो समय असुरक्षित गर्भपतन गराउनेको सख्या बढ्दै गएको छ । सुचिकृत नभएका मेडिकल स्टोर तथा अन्य पेशा व्यबसाय गर्नेहरुले समेत औषधी बिक्री बितरण गर्ने गरेको समेत पाईएको छ । असुरक्षित रुपमा गर्भपत गर्दा अत्याधिक रक्तश्राब भई ज्यान समेत जाने गर्दछ ।
क्रिसमसको अबसरमा अर्घाखाँची ईशाई समाज द्धारा सन्धिर्खकमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले क्रिसमस डे ले सबैलाई मिलेर बस्ने प्रेरणा मिलोस भन्ने शुभकामना दिनु भएको छ । देश बिकाश र सम्बृद्धिको यात्रामा अगाडि बढेको ले सुखी नेपालीको सपना साकार पार्न सबै लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल , उपप्रमुख ठाकुर कुमार बि.क , प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल , सनपा १ का वडा अध्यक्ष युबराज बन्जाडे , नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सदस्य जनार्दन खनाल , समाजबादीका इन्चार्ज नेत्र बहादुर सारु , साझा पार्टीका नेता हरि प्रसाद भुसाल,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली , ख्रिष्टन महासंघका केन्द्रिय सचिब  बिष्णु परियार लगाएतले  शुभकामना मन्तव्य राख्दै सबै धर्म आस्था मान्नेहरुले आफनो पर्ब र संस्कृतीलाई निरन्तरता दिनु पर्ने भन्दै क्रिसमस डेको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम समाजका अध्यक्ष प्रतिज्ञा सारुको अध्यक्षता र जेबी दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share:

पाणिनी बहुमुखी क्यामपसमा प्राबिधीक शिक्षा सञ्चालन गर्नु पर्नेमा राष्ट्रिय सभाका सदस्य खड्काको जोड


बिजय के सी  
 मालारानी, अर्घाखाँची    
जिल्लामा रहेको सबै भन्दा पुरानो क्याम्पस पाणिनी बहुमुखी क्यामपसमा प्राबिधीक शिक्षा सञ्चालन गर्नु पर्नेमा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्क उज्जलले जोड दिनुभएको छ । स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै खड्काले बिद्यालयको भौतिक पूर्बधार निर्माणको लागी सक्दो पहल गरेको र यस आर्थिक बर्षमा क्षेत्र बिकाश पूर्बधार साझेदारी कार्यक्रम मार्फत १ करोड रुपैया बजेट बिनियोजन भएको जानकारी गराउनु भयो । पाणिनि बहुमुखी क्यापसमा राजनैतिक आग्रह पूर्बग्राह राखेर सञ्चालक समिती नबनेको भन्दै खड्काले छिटो सञ्चालक समिती निर्माण गर्न पहल गर्ने बताउनु भयो .....................
कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, सञ्चालक समितीका उपाध्यक्ष सागर केसी, पुर्व क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, पुर्व स्ववियु सभापति प्रेम गैरे, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, उद्योग वाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ लगाएतले क्यामपसको स्तर उन्नतीका लागी सबैले ध्यान दिनुपर्ने भन्दै बिद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम स्वबीयु सभापती लक्ष्मण खड्काको अध्यक्षता र कोषाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share:

बहुदल आएपछि कांग्रेसको पहिलो जीत

बिजय के सी  
 मालारानी, अर्घाखाँची         
बहुदल आएपछीको पहिलो जित निकाल्दा मालारानी वडा नम्वर ३ का कांग्रेसीजनहरु हर्षित भएका छन ।
वडा अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल निर्वाचित भएपछी कांग्रेसले निकालेको विजयी ¥यालीमा धेरै मान्छे उत्साहका साथ हिंडेका थिए ।
खनदह क्षेत्रमा भएको विजयी ¥यालीमा सयौं कांग्रेस समर्थकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पुर्वमन्त्री एवं नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती भुसाल, पार्टी सभापती बिष्णु खनाल मुस्कान, पुर्व पार्टि सभापती एवं सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुसाल, महिला संघका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव विष्णु भुसाल, महासमिती सदस्य एवं शितगंगाका मेयर सुर्य अधिकारी, क्षेत्रिय सभापती तथा पाणिनी गाँउपालीका अध्यक्ष अच्युत गौतम, क्षेत्रीय सभापति केसशवराज कुँवर, महाधिवेशन प्रतिनिधी तथा छत्रदेव गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेल लगायतका नेताहरुले जित निकालेको भन्दै शोभाखर खनाललाई बधाई दिए ।
कार्यक्रममा मन्तव्य राख्दै विजयी शोभाखर खनालले जनमतको दुरुपयोग नगर्ने बताएका छन् । मत दिने सबै मतदाताहरुलाई धन्यवाद दिंदै खनालले आफुले सकेसम्म राम्रो गर्ने, राम्रो गर्न नसके नराम्रो पनी नगर्ने भनाई व्यक्त गरे ।
२०४३ सालमा कांग्रेस नेता खिमानन्द पोख्रेलले प्रधानपञ्च जितेपछी अहिले ३३ वर्षपछी बल्ल शेभाखर खनालले वडा अध्यक्ष जितेका हुन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ को वडा अध्यक्ष पदका लागी भएको निर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल १ सय छ मत बढी ल्याएर विजयी भएका हुन् ।
उनले एक हजार एकसय ५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी नेकपाका यमलाल खनालले एक हजार ५३ मत ल्याएका छन् । राप्रपाका रणबहादुर खनालले ४ मत ल्याउँदा ९ मत बदर भएका छन् ।
बहुदल आएपछीको पहिलो जित निकाल्दा मालारानी वडा नम्वर ३ का कांग्रेसीजनहरु हर्षित भएका छन ।
वडा अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल निर्वाचित भएपछी कांग्रेसले निकालेको विजयी ¥यालीमा धेरै मान्छे उत्साहका साथ हिंडेका थिए ।
खनदह क्षेत्रमा भएको विजयी ¥यालीमा सयौं कांग्रेस समर्थकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पुर्वमन्त्री एवं नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती भुसाल, पार्टी सभापती बिष्णु खनाल मुस्कान, पुर्व पार्टि सभापती एवं सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुसाल, महिला संघका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव विष्णु भुसाल, महासमिती सदस्य एवं शितगंगाका मेयर सुर्य अधिकारी, क्षेत्रिय सभापती तथा पाणिनी गाँउपालीका अध्यक्ष अच्युत गौतम, क्षेत्रीय सभापति केसशवराज कुँवर, महाधिवेशन प्रतिनिधी तथा छत्रदेव गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेल लगायतका नेताहरुले जित निकालेको भन्दै शोभाखर खनाललाई बधाई दिए ।
कार्यक्रममा मन्तव्य राख्दै विजयी शोभाखर खनालले जनमतको दुरुपयोग नगर्ने बताएका छन् । मत दिने सबै मतदाताहरुलाई धन्यवाद दिंदै खनालले आफुले सकेसम्म राम्रो गर्ने, राम्रो गर्न नसके नराम्रो पनी नगर्ने भनाई व्यक्त गरे ।
२०४३ सालमा कांग्रेस नेता खिमानन्द पोख्रेलले प्रधानपञ्च जितेपछी अहिले ३३ वर्षपछी बल्ल शेभाखर खनालले वडा अध्यक्ष जितेका हुन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ को वडा अध्यक्ष पदका लागी भएको निर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल १ सय छ मत बढी ल्याएर विजयी भएका हुन् ।
उनले एक हजार एकसय ५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी नेकपाका यमलाल खनालले एक हजार ५३ मत ल्याएका छन् । राप्रपाका रणबहादुर खनालले ४ मत ल्याउँदा ९ मत बदर भएका छन् ।
Share:

मालारानी पर्यटकको पर्खाइमा

बिजय के सी  
मालारानी, अर्घाखाँची 
            पश्चिम नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर एक अथाह पर्यटकिय सम्भावना बाेकेको धार्मिक स्थल हो । समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि मानिन्छ । वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि १५ किलोमिटर टाढा मालारानी गाउँपालिकामा पर्दछ ।


मालारानी मन्दिरमा भगवानको पूजाआजा र दर्शन गर्दा मानवीय मनोकांक्षा पूरा हुने विश्वासका साथ श्रदालुहरुले बोका, राँगा, कुभिण्डो आदिको बलीसमेत चढाउने चलन रहेको छ ।

किवंदन्तीअनुसार प्राचिन समयमा अर्घाका राजाकी भान्जीको नाम माला रहेको र त्यतिबेला उनलाई सबैले रानिको रुपमा मान्ने हुँदा मन्दिरको नाम नै मालारानी राखिएको मान्यता छ । मालारानी मन्दिरमा वडादशैँको त्रयोदशीका दिन ठूलो मेला लाग्दै आएको छ । स्थानीयका अनुसार त्रयोदशीको मध्यरातमा मालारानीको आश्रयस्थलबाट स्वत: स्फुर्त बाजा बजेको आवाज सुन्न पाइन्छ ।

त्यतिबेला राजाकी भान्जी मालाले आफूलाई शुद्द पानी पिउनका लागि सृष्टि गरेको पानीलाई ‘मनचिन्ते पानी’ भनिन्थ्यो । अहिलेको मालारानी मन्दिर छेउमै लालीगुराँसको ठूलो रुखको फेदमा एउटा टोड्कोमा रहेको छ ‘मनचिन्ते पानी’ । अर्को अच्चमको कुरा त के छ भने, रुखको टोड्कोमा रहेको याे पानी कहिल्यै रित्तिदैन् ।  पानी छुँदा मात्रै पनि मनले चिताएको पुग्ने हुनाले टोड्काको पानीलाई मनचिन्ते पानी भनिएको मालारानीका स्थानीय बुढापाकाहरु बताउने गर्छन् ।


खासगरी शिवरात्रीको दिन र दशैंको समयमा यस मालारानीमा भक्तजनहरुको ठूलो घुँइचो लाग्ने गर्दछ । मन्दिरको ऐतिहासिक र धार्मिक महत्वका अलवा मालारानी मन्दिर वरपरको मनमोहक दृश्यले जोकोहीलाई स्वर्गीय आनन्द दिन्छ । अपार पर्यटकिय सम्भावना बोकेको भएपनि अर्घाखाँची जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा चिनिएको मालारानीको विकास तथा प्रचारप्रसार भने आशातीत हुन सकिरहेको छैन् ।

समग्र लुम्बिनी र ५ नम्बर प्रदेशकै पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रयाप्त सम्भावना र आधारहरु भएपनि जिल्लास्थित सरोकारवालाहरु भने यसको विकासको सवालमा मौन प्राय: देखिन्छन् । मुलुकमा पर्यटन वर्ष २०२० को घोषणापछि व्यापक हल्लाखल्ला चलेको भएपनि अर्घाखाँचीलाई भने यस उत्सबले छुन सकेको देखिंदैन ।

मालारानीजस्तो धार्मिक तथा ऐतिहासिकताको पर्यायवाची मन्दिरको संरक्षण र सम्वर्द्दनका लागि सबैभन्दा पहिले स्थानीयहरु नै जागरुक हुनुपर्ने देखिन्छ । मन्दिरको संरक्षणमा स्थानीय स्तरमा भइरहेका प्रयासहरु सकारात्मक भएपनि प्रयाप्त छैनन् । यसर्थ मालारानीको ऐतिहासिकता जोगाउँदै प्रचार-प्रसारमा जुट्नुपर्ने आवश्यकता छ ।


Share:

अर्घाखाँचीमा ओभर लोड बोक्ने सवारीसाधनमाथि कडाई, ५२ वटा टिप्परहरु प्रहरी नियन्त्रणमा

 बिजय के सी 
    अर्घाखाँची
ट्राफिक प्रहरी अर्घाखाँचीले क्षमताभन्दा बढी भार बोकेर आउने ५२ वटा मालबहाक टिप्परहरुलाई नियन्त्रणमा लिएको छ ।


जरिवाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको ट्राफिक प्रहरीले यसपटक भने क्षमताभन्दा बढी बोक्ने टिप्परको चुनढुङगा खन्याई अर्को ट्रकमा लैजानुपर्ने भन्दै ओभरलोड ट्रक सञ्चालनमाथि कडाई गरेको हो ।
 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची र ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीको सकृयतामा सडक दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले असुरक्षित तवरबाट चुनढुङ्गा ढुवानी गरिरहेका ट्रीपरहरु माथी कारवाही गर्ने क्रममा प्रारम्भिक चेतावनी स्वरुप ढाला भन्दा माथी चाङ लगाई लोड गरिएका चुन ढुङ्गा ढुवानी गरेका ५२ वटा टिप्परबाट ढाला भन्दा माथी रहेका चुनढुङगा खन्याउन लगाई ढालाको लेभल सम्म मात्र बोक्न सचेत गराइएको थियो । 


यसविपरित लामो समयदेखि निर्वाधरुपले क्षमता भन्दा बढी (ओभरलोड) मालसामान लोड गरी सञ्चालन हुँदै आएका मालबाहक सबारी साधनलाई सन्धिखर्क - गोरसिङे सडक खण्डमा रहेका ट्राफिक प्रहरीले जरिवाना लिदै सञ्चालनमा छुट दिँदै आएका थिए ।

तर अहिले प्रहरीले ओभरलोड सामान ल्याएर आउने मालबहाक ट्रक, चुनढुङगालाई मात्र नभएर ट्रक- चुनढुङगाको ढालाभन्दा माथि सामान हालेर ल्याउनेहरुलाई समेत कडाई गरेको छ ।

Share:

८२ वर्षमा सम्बन्ध विच्छेद !


बिजय के सी अर्घाखाँची
जिल्ला अदालत अर्घाखाँचीमा बुधबार ८२ वर्षीय वृद्धले सम्बन्ध विच्छेद गरेका छन्।भुमिकास्थान नगरपालिका ७ नुवाकोट कवेली पोखरा निवासी ८२ वर्षीय ईश्वरीप्रसाद खनालले आफ्नी ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गराएका हुन्।
२०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गरेका थिए।  पहिलेकी श्रीमतीबाट छोरा नभएको भन्दै उनले दोस्रो श्रीमती कमलालाई भित्र्याएका थिए। झण्डै दुई वर्षसम्म सन्तान नजन्मेपछि उनी माइतैमा बस्दै आएकी थिइन्। भण्डैं १८ वर्षपछि ईश्वरीप्रसाद र कमलाको सम्बन्ध विच्छेद भएको हो।   
लामो समयसम्म सँगै नबसेका दिदी भिनाजुलाई पछिका कार्य गर्न सजिलो होस् भनेर सम्बन्ध विच्छेद गरेको कमलाकी बहिनी विमलाले जानकारी दिइन्।
यस्तै, छत्रदेव गाउँपालिका ४ केरुंगा निवासी ६५ वर्षीय जगलाल न्यौपानेले यही सोमबार आफ्नी ३८ वर्षीय श्रीमती तुलसा न्यौपानेसँग सम्बन्ध विच्छेद गरेका थिए । २०५६ सालमा मागी विवाह गरेका उनीहरुको २० वर्षीय एक छोरा छन्।
विवाह भएको २० वर्षपछि उनीहरुले जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए । उनीहरु मात्र हैनन् अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्नेको संख्या  बढिरहेको छ ।
यस आर्थिक वर्ष अर्थात् साउनदेखि यता ५४ जोडीले सम्बन्ध विच्छेदको मुद्धा दार्ता गरेका छन् । दुई वर्षको अवधिमा ३४ सम्बन्ध विच्छेदका मुद्धा फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी गैरेको भनाइ छ । 
 
सम्बन्ध विच्छेद गर्नेमा ८० प्रतिशतभन्दा बढी ३० वर्ष मुनीका रहेका छन् ।  अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्धामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् । गत आर्थिक वर्षमा जिल्ला अदालत अर्घाखाँचीमा १ सय ३८ वटा मुद्धा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताए ।
उनले भने,' अदालतमा आएका मुद्धामध्ये अधिकांश मुद्धा सम्बन्ध विच्छेदका छन्। गएको कात्तिक महिनामा मात्र १४ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालतका श्रेस्तेदार घिमिरेले बताए । गत वर्षको भदौ १ गते देखि नयाँ कानुन आएपछि ४८ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गराएका छन् ।
प्रेम विवाह, श्रीमान विदेसिनु, श्रीमतीको बारेमा घर परिवार तथा श्रीमानले अनावश्यक शंका-उपशंका गर्नु, परिवारमा मेलमिलाप नहुनु, दिनहुँजसो झैंझगडा भइरहनुजस्ता विषय नै सम्बन्ध विच्छेदको प्रमुख कारण बन्न पुगेको छ।
 
सूचना प्रविधिको बढी प्रयोग,समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोरीछोराको चाहना विपरित घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु , घरपरिवार र श्रीमानले श्रीमतीको ख्याल नगर्नुजस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको अधिक्ता तथा प्राध्यापक जगन्नाथ भुसालले बताए । 
उनका अनुसार सूचना र प्रविधिको पहुँच बढी हुनु र बिलासिताको जीवनयापन गर्ने चाहना राख्नुले पनि सम्बन्ध विच्छेदका घटना बढेका हुन्।  सम्बन्ध विच्छेदका विभिन्न कारण भएपनि अर्घाखाँचीमा प्रेम विवाह, वैदेसिक रोजगारी र अशिक्षाका कारण विच्छेदका घटना बढिरहेको अधिवक्ता जगन्नाथ भसालले बताए । तीन वर्षको अवधिमा ५३ सम्बन्ध विच्छेदका मुद्धा लेखेर वहस गरेको र कारण खोज्दा यस्तो देखिएको अधिवक्ता भुसालले बताए। 
Share:

बाग्लुङ जीप दुर्घटनाका मृतक १४ जना सबैको पहिचान खुल्यो

बिजय के सी
 अर्घाखाँची
बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४  जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेहरुमा जीप चालक  रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा (२३ ), बसुन्धरा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५), धनबहादुर कार्की, झवि कार्की (४०), सीता कार्की(४०) अनुसा कार्की (२), महेन्द्र कार्की (४०) र मीना बस्नेत २५  र सुचना कार्की छन् ।
त्यस्तै नवलपरासी वर्दघाटकी लक्ष्मी केसी (५५) छन् ।
अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाको  परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
कूलपूजाका लागि रिजर्भ गरेर ल्याइएको जीप सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बुर्तिवाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेहरुको थप उपचारका लागि काठमाडौंबाट सेनाको हेलिकप्टेर आउँदै गरेको प्रहरीले जनाएको छ ।

Share:

बडिगाड खोलामा जिप खस्दा १३ जनाको मृत्यु

 बिजय के सी
  अर्घाखाँची


गुल्मी जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।

जिप मध्यपहाडी लाेकमार्गबाट बडिगाड खाेलामा खसेकाे छ ।

Share:

कार्यसम्पादनलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम

बिजय के सी
 अर्घाखाँची
               

   रुपन्देहीको तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नं. प्रदेश प्रहरी तालिम केन्द्रले आधारभुत तालिम प्रदान गरेको छ । नगर प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पालिकाहरुको समन्वयमा तालिम केन्द्रले १५ दिने आवासीय तालिम सञ्चालन गरेको हो ।
तालिममा तिलोत्तमाका ७, सैनामैनाका ३ र ओमसतियाका १० जना नगर प्रहरीको सहभागिता रहेको थियो । उनीहरुलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको मूल्यांकनका आधार, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्थालगायतको बारेमा तालिम दिइएको केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले बताउनुभयो ।
उनीहरुलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाटबजार व्यवस्थापन, अग्नि नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापन बारेमा पनि तालिम दिइएको थियो । नगर प्रहरीलाई जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइएको केन्द्रका प्रहरी नायव उपरीक्षक सुभाष गैरेले जानकारी दिनुभयो ।
नगर प्रहरीलाई शारीरिक व्यायम, खेलकुद, कवाज, खालीहात लडाइँलगायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको केन्द्रले जनाएको छ । सम्बन्धित पालिका प्रमुखहरुको उपस्थितमा
आयोजित नगर प्रहरी दिक्षान्त कार्यक्रममा नगर प्रहरीले कवाज सपथ र दज्र्यानी चिन्ह ग्रहण गरेका थिए । त्यसअवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले स्थानीय सरकारका काम÷कारवाहीलाई प्रभावकारी बनाउन तालीम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका थिए ।

Share:

हंसपुरको बराहथान - सकिन्धारा -सोमरभोमर मोटरबाटो सुन्तलाको रिवन काटेर उद्घाटन

बिजय के सी
अर्घाखाँची
  अर्घाखाँचीकाे मालारानी गाउँपालिका वार्ड न ६ हंसपुरको बराहथान - सकिन्धारा -सोमरभोमर मोटरबाटो उदघाटन भएको छ ।  १२ वर्षपछि सुन्तला बगैचामा माेटरबाटो पुगेपछि स्थानीय बासिन्दा खुसि भएका छ्न ।



उक्त सडककाे राष्ट्रिय सभाका सदस्य तथा नेकपा नेता चन्द्रबहादुर खड्काले सुन्तलाको रिवन काटेर उद्घाटन गर्नु भएको थियोे । 

 कार्यक्रममा प्रदेस सासद तथा नेकपा अर्घाखाँची अध्यक्ष चेतनारायण अाचर्य,नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र क्षत्री,मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, वार्ड अध्यक्षहरू नारायण अर्याल,शाेभाखर भुसाल,नरेन्द्रबहादुर बस्नेत,खड्क भुसाल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

स्थानिय जनताले जनप्रतिनिधिले गरेको बाचा पूरा गरेको भन्दै आफुहरुले सधै साथ दिने बताएका थिए ।

Share:

खाँचीकोटको फुदवाङ्गमा यात्रुवाहक बस र कार दुर्घट्ना

बिजय के सी
 अर्घाखाँची
  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङ्गमा यात्रुवाहक बस र कार दुर्घट्ना भएका छन् ।   

  बुटवलवाट सन्धिखर्क आउदै गरेकाे लु १ ख ८५२५ नं. यात्रुवाहक बस र सन्धिखर्कवाट बुटवल तर्फ जादैगरेकाे बा १९ च ८१४९ नं.काे प्राईवेट कार फुदवाङ्ग नजिकै एक आपसमा ठाेकिएर सामान्य दुर्घटना भएकाे हो ।

 दुर्घटनामा कुनै किसिमको मानविय क्षति नभएता पनि भाैतिक क्षति भएकाे छ । दुर्घटना स्थलमा अहिले ट्राफिक प्रहरी पुगि सहजिकरणकाे भुमिका निर्वाह गरिरहेकाे छ ।


Share:

मालारानी गाउँपालिका - ३ मा शाेभाखर खनालले चुनाव जितेपछि कांग्रेसद्वारा बिजय जुलुस सम्पन्न

बिजय के सी 
अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा आफ्ना उम्मेदवारले चुनाव जितेपछि नेपाली कांग्रेसले बिजय जुलुसमा निकालेको छ । 
बिजय जुलुसले खनदह बजार परिक्रमा गरेको थियो । बिजय जुलुसमा जिल्ला स्तरिय नेताहरुको सहभागीता रहेको थियो ।
मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा शनिबार वडाअध्यक्ष पदमा भएका लागि  सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका शाेभाखर खनाल विजयी भएका छन् ।  
खनालले ११५९  मत ल्याई प्यानल विजयी भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनालले  १०५३ मत ल्याएका छन् । कांग्रेसका शाेभाखर खनाल १०६ मतले विजयी भएका हुन् ।  

२०७४ काे निर्वाचनमा तात्कालिन नेकपा माओवादी र नेपाली काँग्रेस काे गठवन्धनका उम्मेदवार शाेभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चाैहानले वडा अध्यक्ष पदमा निर्वाचीत हुनु भएको थियाे ।  

उता राप्रपाका रण बहादुर खनालले ४ मत ल्याएका छन् । बदर मत संख्या ९ रहेको छ । मालारानी गाउँपालिका वार्ड नम्बर ३  मा शनिवार सम्पन्न उपनिर्वाचनमा कुल मतदाता संख्या ३०११ मध्ये महिला-१२३४, पुरुष-१००१ गरी कुल २२२५ मत खसेको थियाे ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष जीवन चौहान २०७४ को मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परेका थिए । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुस महिनामा निधन भएको थियो । 
अहिलेसम्म कम्युनिस्टले जितिरहेको यस वार्डमा पहिलो पटक नेपाली कांग्रेसले जितेको हो । 



को हुन् शोभाखर खनाल

कम्युनिष्टको किल्ला तोड्ने कांग्रेसका शोभाखर खनाल खनदहका पुर्व गाविस सभापती र हाल मालारानी गाँउपालिका संयोजक हुन् । खनदह बजारमा उनको किराना पसल पनि छ । स्थायी शिक्षक पेशा त्यागेर राजनिती थालेका शोभाखर गएको २०७४ को निर्वाचनमा पनि कांग्रेसका तर्फबाट उम्मेद्वार थिए । उनी तत्कालिक वार्ड अध्यक्ष दिवंगत जिवन चौहानसँग ३६ मतले पराजित भएका थिए । 
Share:

अर्घाखाँचीको पटौटि कुखुरे देउराली नजिकै ट्याक्टर दुर्घटना हुँदा चलाक गम्भीर घाइते

बिजय के सी अर्घाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्क देखि पटौटी तर्फ जाँदै गरेको ट्याक्टर पाली कोल्डाडा कुखुरे देउराली नजिकै दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।दुर्घटना हुने ट्याक्टर भुसाल कन्ट्रक्सन एण्ड सप्ल्यार्सको रहेको बुझिएको छ ,दुर्घटनामा घाइते हुने चालकलाइ उपचारको लागि पाल्पा मिसन अस्पताल पठाइएको छ भने निजको अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ।घटनाको पुरा विवरण आउँन बाँकी रहेको छ !

Share:

अर्घाखाँचीमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

बिजय के सी 
अर्घाखाँची


अर्घाखाँचीको मालारानी गाउपालीका वार्ड न.- ३ मा वडा अध्यक्ष पदको लागी भएको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
३०११ मतदाता रहेको उक्त वार्डमा दुइवटा मतदान स्थल रहेका थिए । विहान ७ बजेनैै शुरु भएको निर्वाचनमा २२२५ मत खसेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भएको छ ।
आदर्श मावि खनदह केन्द्रमा ११६९ र सुन्दरा आधारभुत बिद्यालयमा १०५६ मत खसेको होे । सर्वदलीय बैठक बसी आज देखीनै मत गणना सुरुहुने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
Share:

अर्घाखाँचीमा बस दुर्घटना : १८जनाको ज्यान गयो

अर्घाखाँचीमा बस दुर्घटना : १८जनाको ज्यान गयो
बिजय के सी
अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।
दुर्घटनामा परि १० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ 



Share:

गजल

       

b'Vnf egL d'6' ltd|f] cfˆg} v';L df/]F d}n] .
;a}nfO{ lht]F t/ ltdL ;Fu xf/]F d}n] ..

v';L x'g] /dfpFg] slt 7"nf] ;kgf lyof]
cfˆgf ;f/f OR5fx? cfkm}leq af/]F d}n] ..

d'6' lbG5' eGYof} t/ cfh slt 6f9f eof}
ltDnfO{ ;DemL lhGbuLdf slt cfFz' emf/]F d}n] ..

slxn] 6'6\g] slxn] 5'6\g] em'7f] k|]d laZjf; ubf{
cfh cfˆg} lhagnfO{ cGwsf/df kf/]F d}n] ..

Share:

अबदेखि “प्याड” नि: शुल्क पाइने


बिजय के सी  अर्घाखाँची    
महिनावारीका सुरु हुने बेला भएपछि कयौं किशोरीहरु विद्यालय जान डराउँछन् । कुन बेला पिरियड सुरु हुन्छ भन्ने भयले उनीहरु महिनावारीको समयमा विद्यालय जान चाहादैनन् । हाम्रा कतिपय विद्यालयमा वरीपरि स्यानिटरी प्याड किन्न सक्ने ठाउँ हुँदैन् । अझ धरै किशोरीहरुको अवस्था स्यानिटरी प्याड किनेर प्रयोग गर्न सक्ने हुँदैन् ।
अब भने यि किशोरीहरुको यो समस्या सम्बोधन हुने भएको छ । यहि कार्तिक १ गतेबाट नेपाल सरकारले देशैभरका सामुदायिक विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । छात्राहरूका लागि आवश्यक पर्ने प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसारको हुनेछ ।
आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन उचित तरिकाले भए–नभएकोलगायत विषयमा सूक्ष्म रूपमा अनुगमन गरी परिपालना गराउने मुख्य जिम्मा स्थानीय तहको हुनेछ ।
स्यानिटरी प्याड वितरणका लागि आवश्यक कार्यविधि बनाउने, नीतिगत मार्गदर्शन गर्ने र केन्द्रिय तहमा नीति कार्यान्वयनको नेतृत्व शिक्षा मन्त्रालयले गर्नेछ । प्रत्येक जिल्लाभित्रका स्थानीय तहसाग समन्वय गर्ने तथा स्यानिटरी प्याड प्रयोग गर्ने छात्राहरूको तथ्यांक शिक्षा विकास तथा समन्वय एकाइले संकलन गर्नेछ ।
स्यानिटरी प्याड आवश्यक पर्ने छात्राहरूको लगत राख्ने, प्रयोग भएका प्याडको उचित व्यवस्थापन गर्ने र सोको प्रतिवेदन सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइमा गर्ने जिम्मा भने विद्यालयको हुनेछ ।
Share:

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts