• On Radio Malarani 95.7 MHz

  • Malarani FM Technician Room

  • My picture On radio

  • My style On Radio

  • Me on Chasma

  • Radio ID card me

Corona update

अनेरास्ववियुको भेला आदर्श मा बि मा सम्पन्न



अनेरास्ववियु अर्घाखाँचीको बिद्यार्थि जागरण कार्याक्रम अन्त्रगत आदर्श माध्यमिक विद्यालय मालारानी -३ खनदहमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। भेलाले पुष्कर पोख्रेलको अध्यक्षतामा ५१ सदस्यीय प्रारम्भिक कमिटी समेत गठन गरिएको छ।कार्यक्रम नेपाल क्म्युनिष्ट  पार्टी नेकपा मालारानी संगठन कमिटी कार्यलय सदस्य यमलाल खनालको प्रमुख आतिथ्यता अनेरास्ववियु जिल्ला सदस्य बिजय के शिको आतिथ्यता एवं जिल्ला सचिवालय सदस्य तथा मालारानी संयोजक बिष्णु चौहानको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य प्रसान्त खनालको संचालनमा संपन्न भएको थियो।


Share:

मालारानी गाउँपालिकाले आफनै चिन्ह लोगो बनाउने



 मालारानी गाउँपालिकाले आफनै चिन्ह र लोगो बनाउने भएको छ । स्थानीय तहले आफने पहिचान झल्कने चिन्ह बनाउने कानुनी प्राबधान अनुसार लोगो बनाई प्रयोगमा ल्याउन लागीएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुघर्तीले जानकारी दिनु भयो । उत्कृष्ट लोगो बनाउने व्याक्तिलाई नगद पुरस्कारले समेत सम्मान गरिने प्रमुख प्रशासकिय अधिकृत घर्तीले जानकारी दिनु भयो । 

Share:

अर्घाखाँचीमा थप एक जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या चार पुग्यो

 


 अर्घाखाँचीमा एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

गत साउन २७ गते सन्धिखर्क नगरपालिका–६, जगतमा भएको टिप्पर दुर्घटनामा उनी घाईते भएका थिए । घाईते चालकलार्ई उपचारकै क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा भाद्र ५ गते कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमण देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवाले भिम अस्पतालमा रिफर गरेकोमा भाद्र ९ गते थप उपचारका लागि भिम अस्पतालले पनि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेको थियो ।

भाद्र ११ गते शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकोमा उनको आज बिहान मृत्यु भएको अस्पतालले बताएको छ । अस्पतालले मंगलवार प्रेस नोट जारी गर्दै उनको मृत्यु भएको औपचारीक पुष्टी गरेको हो । ट्रिपर चालक अर्घाखाँचीको शितगंगा नगरपालिक वडा नम्बर–१२ निवासी ४२ वर्षिय पुरुष हुन् । यससंगै अर्घाखाँचीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

अर्घाखाँचीमा हाल सक्रिय संक्रमितको संख्या २० रहेको छ । तिन सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा ३ सय ४४ जना निको भएर घर फर्किएका छन् ।

Share:

रहेनन् तेलुगु कलाकार जयप्रकाश रेड्डी

 


 बिजय के सी  अर्घाखाँची

साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ । रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका उहाँका परिवारका सदस्यले बताएका छन् । उनले तेलुगु चलचित्रमा छुट्टै स्थान बनाएका छन् । रेड्डी हास्य र चरित्र अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय छन् । आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका उनले ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करियर सुरु गरेका थिए । उहाँका ‘समरासिंह रेड्डी’, ‘उथामपुथिरन’, ‘प्रेमिचुकुन्दाम रा’, ‘गब्बर सिंह’, ‘चेन्नेकेशवरेड्डी’, ‘सीतय्या’ लगायत चलचित्र लोकप्रिय छन् । उनको निधनप्रति टलिउडसँगै बलिउड कलाकारले समवेदना प्रकट गरेका छन् ।

Share:

अर्घाखाँचीमा बालिकाद्वारा आत्महत्या

 

अर्घाखाँचीमा एक बालिकाले आज आत्महत्या गरेकी छिन् । भुमिकास्थान नगरपालिका वडा नं. ३ नेपालीटोला बस्ने ११ वर्षिय बालिकाले आत्महत्या गरेकी हुन्  डल्लु बहादुर नेपालीकी ११ वर्षीया छोरी अस्मिता नेपालीले आत्महत्या गरेको प्रहरी चौकी धारापानीका प्रमुख लाल बहादुर श्रेष्ठले रातोप्रेस डटकमलाई बताउनु भयो ।आज बिहिबार घर नजिकै रहेको रुखमा नाम्लोको पासो लगाएर झुन्डिएको अवस्थामा स्थानीय र परिवारले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । आत्महत्याको विषयमा अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।

Share:

अर्घाखाँची टेक्निकल ट्रेडिङ स्कुल द्वारा प्रमुख जिल्ला अधिकारी मार्फत सम्मानित प्रधानमन्त्री लाई ज्ञापन पत्र



डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुल सन्धिखर्कले ज्ञापनपत्र बुझाएको छ । सरकारको यस्तो निर्णय बाहिरिएपछि देशैभरका टेक्निकल स्कुलहरुको संघर्षका कार्यक्रम अन्तरगत आज देशैभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको गत साउन ३० गतेको निर्णय अनुसार यसै शैक्षिक सत्रबाट डिप्लोमा तह भन्दा मुनिका कुनैपनि स्वास्थ्य शिक्षा कार्यक्रममा भर्ना नगर्ने नगराउने भनि गरेको घोषणाप्रति आफुहरुको आपत्ति रहेको अर्घाखाँची टेक्निकल टे«निङ्ग स्कुलका प्रिन्सिपल दोर्ण प्रसाद भुसालको भनाई छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १५ को ९४० र दफा १५ को ९५० लाई कुल्चिएर सरकारले हचुवाको भरमा गरेको निर्णय ग्रैह न्यायिक भएको र तत्काल खारेज गर्नुपर्ने माग राख्दै पहिलो चरणमा आज देशैभरबाट एकैसाथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलका प्रिन्सिपल दोण प्रसाद भुसालको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलिले प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । हाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव संगै गत चैत्रदेखि आफना शिक्षण संस्थाहरु निरन्तर बन्द हुँदा सरकारले राहत पठाउला भन्दा उल्टै संस्था खारेजिको निर्णय आउनु अत्यन्तै दुःखद भएको ज्ञापनपत्र बुझाउँदै प्रिन्सिपल भुसालले बताउनुभएको छ । अहिलेको जटिल अवस्थामा निजि प्राविधिक शिक्षालयले उत्पादन गरेको जनशक्तिले देशमा ठुलो योगदान पु¥याएको परिप्रेक्ष्यमा चिकित्सा शिक्षा आयोगको यस्तो निर्णयले देश भरिका संस्था र संस्थापकहरुलाई मर्माहत बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।  शैक्षिक शत्र २०७७÷०७८ को नवीकरण शुल्क समेत बुझाएर बसेको अवस्थामा  स्वास्थ्य जस्तो क्षेत्रमा पहरेदारको भुमिका निभाउँदै आएका निजि शिक्षालयहरुलाई कार्यक्रम संचालन गर्न नदिन अन्याय भएकोले यस्तो निर्णय तत्काल सच्याउनुपर्ने ज्ञापनपत्रमा माग राखिएको छ । सरकारको यस्तो निर्णय लागु भएमा देशभर संचालनमा रहेका डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु सि।एम।ए।,अ।न।मी।,ल्याव असिस्टेन्ट र आर्युवेद सहायक जस्ता कार्यक्रम खारेज हुनेछन् । जसका कारण हजारौं विद्यार्थिको रोजाईको बिषय पढ्नबाट बन्चित हुनेछन् ।

Share:

अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजेसम्मका लागि लकडाउनको अवधि थपियो

  


 बिजय के सी 

   अर्घाखाँची    

अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजेसम्मका लागि लकडाउनको अवधि थपिएको छ ।  आज बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी)को बैठकले लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो । आज राति  १२ बजेसम्मको लागि यस अघि नै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राति १२ बजेसम्म लगिएको हो । तराईसँग सीमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना सङ्क्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना सङ्क्रमित बढ्न लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।

Share:

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts